काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ ।
उनले प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन्।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेका हुन् । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेश प्रदेशअन्तर्गत ८ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले ३ सय २० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । ३ वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको पक्की सडक निर्माणका लागि १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here