काठमाडौँ : आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ।शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति भएको हो। सहमति भएसँगै आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ ।

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङ यथाशीघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीनवटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छाड्न सहमत भएका हुन्।

सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका माग पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए।

सहमतिसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिन चिकित्सकहरू तयार रहेको बताए। आवासीय चिकित्सकहरूलाई काम गर्ने वातावरण बनाइदिन पनि निजी मेडिकल कलेजसँग आग्रह गरे।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here