रौतहट ।। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल पत्रकार महासंघ शाखा कार्यालय गौरसँग अन्तरकृया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।आज शुक्रवार गौर नगर पालिकाको सभाहलमा राैतहटका संचारर्कीहरूकाे सहभागीतामा सम्पन्न भएकाे हाे ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कार्यक्रम संयोजक विनय कुमार साहले विभिन्न देशमा बैदेशीक राेजगारकाे अवस्था, एजेन्टबाट ठगीएका नेपालीको सख्या, समस्या समाधनका वारे वैदेशिक रोजगारमा गई मृत्यु तथा अंगभग हुनेको सख्या , वैदेशिक रोजगारबाट वार्षिक रेमिटान्स ,आप्रवासी स्रोत केन्द्रको सेवाग्रहीको विवरण ,श्रम स्वीकृत लिएका व्यक्ती विवरण , वैदेशिक रोजगारलाई सुरक्षित एवम् व्यवस्थित बनाउन कार्यक्रमको मुख्य पाँच वटा कार्यहरु वारेमा प्रस्तुती गरेका थिए ।
सोही अवसरमा गाउँ घरमा एजेन्टले विभिन्न प्रलोभनमा पारी रकम ठगीमा परेका व्यक्तिहरूकाे वारेमा चर्चा गरिएकाे थियाे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा, बैदेशीक राजगारीमा जाने सवै नागरिकलाइ जानकारी गराउनु पर्ने बताएका थिए । कार्यक्रमकाे वारेमा लेखा सम्याेजक समेत रहेकाे अधिकृत सराेजलाल दासले याे कार्यक्रम अत्यन्त प्रभावकारी रहेकाे बताए ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकाे अन्तरकृया कार्यक्रम
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।