जुम्ला । जुम्ला गुठीचौर गाउँ कार्यपालिका सदस्य जनक थकालीले सरकारले दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमण भत्ता र मासिक रूपमा पाउँदै आएको पारिश्रमिक बापत्को रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभएको हो । पाँच वर्षको अवधिभर पाउने सेवा सुविधा र पारिश्रमिक सबै शिक्षा क्षेत्रमा खर्च गर्ने उहाँले प्रतिवद्धता गर्नु भएको छ ।

मासिक ९ हजार ८ सय पारिश्रमिक बापत पाउने रकमले गाउँपालिका भित्र रहेका सबै विद्यालयलाई फर्निचर सहयोग गर्ने उहाँको भनाइ छ । पाँच वर्षसम्म पाउने ५ लाख ८८ हजार रुपैया बराबरको रकम सबै शैक्षिक क्षेत्रमा लगानी गर्ने थकालीको भनाइ छ । जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु आफ्ना लागि उचित नभएको भन्दै उहाँले आफूले पाउने पारिश्रमिक शैक्षिक क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here