बारा । बारा प्रहरीले चाडपर्वलाई लक्षित गरि जिल्लाका विभिन्न ६ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा आफ्नो घर आउने जाने तथा बजारहरुमा भिडभाड हुने भएका कारण यस्ता भिडभाडलाई मध्य नजर गर्दै जिल्लाको निजगढ, पथलैया, अम्लेखगञ्ज, सिमरा लगाएतका स्थानमा यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो ।
चाडपर्वको समयमा बजार क्षेत्रमा भिडभाड हुनुको साथै सवारी साधनहरुमा लुटपाट तथा गलत क्रियाकलाप नहोस् भन्नका लागि प्रहरी परिचालन समेत गरिएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो । चाडपर्वको नाममा जुवातास खेल्ने, मदिराको प्रयोग गरि होहल्ला गर्ने गरेको पाइए कानुनी कारबाही हुने प्रहरी उपरिक्षक खनालले बताउनुभयो । चाडपर्वको बहानामा जुवातास खेल्ने, मदिराको प्रयोग गरेर होहल्ला गर्ने जस्ता काम नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।