Interview with Minister for Land Management, Cooperatives and Poverty Alleviation, Padma Aryal, at Singha Durbar, on Friday, August 9, 2019. Photo: Skanda Gautam

काठमान्डाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सहि रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयक दुईदिने प्रादेशिक गोष्ठीलाई आज भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले खासगरी योजना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहि रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गर्नुभयो । जनताको अपेक्षा यही पनि यही भएको भन्दै उहाँले अहिले सरकार ठिक स्प्रिटमा अगाडी बढिरहेको बताउनुभयो ।

तर अहिलेपनि निराशा बढाउने कोशिस गरिएपनि निराशा हुनपर्ने कारण भने नभएको उहाँको भनाइ थियो । नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले राम्रोढंगले काम गर्न नसकेमा, जनताको मन जित्न नसेकामा जनतामा आशंकारअविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here