रौतहट । पंचकन्या स्टील प्राइभेट लिमिटेड भैरहवाले गौरमा कन्ट्राकटर भेटघाट कार्यक्रम संपन्न गरेको छ । पर्वहरू नजिकदै जादा कम्पनीले उतपादन गरेको सामग्रीको विक्री वितरणमा बृद्धि गर्ने प्रधिस्पर्धात्मक बाजारमा उत्पादनको ज्ञान दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
रौतहट जिल्लामा रहेका ४ वटा सेल्स सित आवद्ध रहेका कन्ट्रयाक्टरहरुलाइ सहभागी गराइएको भेटघाट कार्यक्रममा कम्पनीका सेल्स मैनेजर भरत खत्रीले उत्पादनको क्वालिटी र अहिलेको बजारको प्रतिस्पर्धाको विषयमा निर्माण व्यवसायीहरुलाई जानकारी गराउन निर्देशन दिएका थिए ।
१ सय जना सहभागीहरुलाई सम्वोधन गर्दै मैनेजर खत्रीले रौतहटमा २५ सय मैट्रिक टन उत्पादन सामग्री विक्री भैरहेकोले गुणस्तरीयता मुख्य प्राथमिकता रहेको जनाए । कम्पनीको १४ किसिमका उत्पादन बाजारमा उपलब्ध रहेको समेत बताए ।
एच डी पाइप , पि भी सी पाइप , सीपीभीसी पाइप फिटिंग ,पीपीआर पाइप , स्टील टंकी , झ्याल ,ढोका , आर एम् सी वीटोमिन एन्ड बैरेल बाजारमा उपलब्ध रहेको बताउँदै मैनेजर खत्रीले कम्पनीको उत्पादनको क्वालिटी र क्वान्टीटीको सम्बन्धमा गुनासो भए जानकारी गराउन समेत आग्रह गरे ।
स्थानीय डीलर पा‘पुलर हार्डवेयर एन्ड जेनेरल सप्लायर्सको इमरान आलमको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सेक्टर इंचार्ज बबलू गुप्ता सहितको उपस्थति रहेको थियो ।
पंचकन्याको कन्ट्रयाक्टर भेटघाट कार्यक्रम संपन्न
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।