सिरहा ।। सशस्त्र प्रहरीले यहाँको औरही गाउँपालिका–४ भट्टीमोडबाट मङ्गलबार भन्सार छली ल्याइएका लाखौँ मूल्य बराबरको लत्ताकपडा बरामद गरेकाे छ। बरामद गरिएकाे कपडा प्रहरीले बुधबार भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार बरामद गरिएका लत्ताकपडा रु एक लाख ७४ हजार चार सय ८० रुपैयाँ मूल्य बराबरका छन्। कपडा लिएर आएका दुई व्यक्ति भने प्रहरीको गस्ती टोली देखेपछि भागेको उपरीक्षक भण्डारीले बताए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।