रुपन्देही ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले बयान लिएपछि कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा परेको मुद्दाको प्रतिवादका लागि बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए ।
आइतबार परेको मुद्दाको प्रतिवादका लागि बुधबार बिहान साढे ९ बजे नै भैरहवास्थित जिल्ला अदालत पुगेका लामिछानेसँग न्यायाधीश प्रह्लादकुमार योगीले बयान लिएका थिए। गोला थुत्दा लामिछानेको मुद्दा आफ्नो इजलाशमा परेपछि न्यायाधीश योगीले दिउँसो २ बजेपछि बयान सुरू गरेका थिए । लामिछानेसँग पौने ५ बजेतिर बयान सकिएपछि न्यायाधीश योगीको आदेशले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छोडिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । बिहीबार बिहान १० बजे जिल्ला अदालतमा उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर पठाइएको ज्ञवालीले बताए । यसअघि कास्की र काठमाडौंमा भने मुद्दाको थुनछेक बहस पुरा नहुँदासम्म अदालतले हिरासतमा राख्न आदेश दिएको थियो । स्रेस्तेदार ज्ञवालीका अनुसार लामिछानेको थुनछेक बहस बिहीबार बिहान १० बजेदेखि नै हुनेछ । लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट समेत कानुन व्यवसायी आएका छन् । वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधबार नै भैरहवा आइपुगेका छन् भने। नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायी काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here