बुटवल ।। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालत उपस्थित हुँदैछन्।
मंगलबार भैरहवा पुगेका लामिछाने आज कार्यालय समयमै अदालतमा उपस्थित हुने रास्वपाकी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। लामिछानेको बयान छिट्टै सकिए थुनछेक बहससमेत आज नै हुनेछ। बहस सकिनासाथ अदालतले लामिछानेलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछ।
सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनाविरुद्ध गत आइतबार जिल्ला अदालत रूपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि लामिछाने गृहमन्त्री रहेकै वेला सुप्रिम सहकारीको मुद्दा वैशाख ३ गते अदालतमा दर्ता भएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here