रौतहट ।। जर्मन सस्था ब्रैपल ई भी को आर्थिक सहयोग , प्रोजेक्ट प्रोपेल ललितपुरको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहकार्यमा शनिवार राजदेवी नगरपालिकालाइ स्वास्थ्य सम्वन्धी उपकरण सहयोग गरिएको छ !
बाढ़ीमा प्रभावित भएका स्वास्थ्य सस्थालाइ उपचारको लागि सहयोग पुग्ने उदेश्यले सामग्रीहरु सहयोग गरिएको हो ! स्वास्थ्य सस्थाको लागि १५२ लीटर र १६० लीटरको २ वटा फ्रिज , १ थान बायोमेडिकल फ्रिज , ६०० पीस ग्लोब्स , सर्जिकल ग्लोब्स लगायत औषधिहरु समेतको सामग्री सहयोग गरिएको सहयोगी सस्था प्रोजेक्ट प्रोपेलका कार्यक्रम अधिकृत रुबीना श्रेष्ठले जानकारी दिएका छन !
गएको आसोज १२ गतेमा आएको भीषण बाढ़ीको कारन राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेको स्वास्थ्य चौकीमा उपकरणहरु प्रभावित भएकोले उपचारमा प्रयोग हुने सामग्री सुरक्षित राख्नको लागि सामग्री उपलब्ध गराइएको उहाले जनाए !
आर्थिक सहयोग गर्ने सस्था जर्मन ब्रैपल इभीका सभापति डाक्टर klavs ehert ले व्यक्तिको उपचारमा सहयोग पुग्ने उदेश्यले सामग्री सहयोग गरिएको बताए ! उहाले आगामी दिनमा स्वास्थ्य सम्वन्धी सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छन !
राजदेवी नगरपालिकामा अनुगमन गर्न आएका सहयोगी सस्थाका प्रमुख प्रतिनिधिलाइ नगर प्रमुख भिखारी प्रसाद यादवले स्वागत गर्दै नगरपालिकालाइ गर्दै आएको सहयोगलाइ निरन्तरता दिन आग्रह गरेका छन !
डाक्टर gerd korves ले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्यको लागि आफुहरु गंभीरताको साथ लिएको र थप सहयोग गर्ने सोच बनाएको समेत बताए ! आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन !
सामग्री हस्तानांतरण कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवी , ए tag सस्थाका निर्देशक दीपक थापा , स्वास्थ्य शाखा प्रमुख रामाकान्त यादव , बागमती सेवा समाजका दीपेन्द्र कुमार साह ,पुरुषोत्तम झा , युवा समाजसेवी नविन कुमार सिंह लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागित रहेको थियो !
जर्मन संस्थाले राजदेवी नगरपालिकालाइ स्वास्थ्य सामग्री सहयोग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।