रौतहट ।। यूएसएआईडी किशोर किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजनाले पालिकाको स्वास्थ्य सुधारमा अहमभुमिका निर्वाह गरिरहेको जिल्ला स्तरीय सरोकारवालाहरु संग समीक्षा र प्रतिबिम्ब बैठकको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले बताउनु भएको छ ।
रौतहटको आठ ओटा पालिकामा संचालनमा रहेको यूएसएआईडी किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रम पूणरुपमा प्रभावकारी रहेको सभापती यादवले बताउदै, कार्यक्रमलाई निरंतर रुपमा अगाडी बढाई राख्नु पर्ने बताए ।
सदरमुकाम गौरमा अभियान नेपालले आयोजना गरेको यूएसएआईडी किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना समिक्षा बैठकमा प्रस्तुत रौतहटको आठओटै पालिका मध्ये गढीमाई नगरपालिकाको चार हेल्थपोष्ट मध्ये दुई ओटा धर्मपुर र समनपुर हेल्थपोष्टले ८० प्रतिशत भन्दा बढी मापदण्ड पुरा गरेर संचालमा रहेको बताएका थिए । अरु पालिकाका हेल्थपोष्टहरुलाई क्रमस मापदण्ड पुरा गराउन संस्था लागि परेको जानकारी गराईएको थियो ।
परियोजना रौतहटको आठओटा पालिका माधवनारायण, गढीमाई, बृन्दावन, गुजरा, फतुवाविजयपुर, कटहरीया, देवाही गोनाही र गरुडा नगरपालिकामा संचालनमा रहेको छ ।
हेल्थपोष्टलाई अभियान नेपालको निरंतर सहयोग तथा अनुगमनले मापदण्ड पुरा गर्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका कार्यलाय प्रमुख महेश साहले बताए ।
सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अभियान नेपालका कार्यकारी निर्देशक शत्रुधन सिंहले, पछिल्ला त्रृटीहरुलाई सचियाउदै अझ प्रभावकारी तथा समग्र समावेशिताका साथ अगाड बढने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यस्तै यूएसएआईडी एआरएच किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना प्रमुख सुजैन मार्लिन रेयरले, यस बैठकमा सबैको उत्साह जनक सहभागीताले बैठक पूर्ण रुपमा सफल भएको बताए ।
कार्यक्रममा आठ ओटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरु, यूएसएआईडी एआरएच किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना अनुगमन तथा मुल्यांकन निर्देशक विदुर बास्तोला, परियोजना प्रदेश प्रमुख विजय कुमार झा लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here