सर्लाही ।। सर्लाहीमा गएराति भएको वर्षा र हावाहुरीले काटेर राखिएको र भर्खरै पसाउँदै गरेको धान बालीमा क्षति गरेको छ । काटेर खेतमै सुकाएको धान बाली पानीमा डुबेको किसानले बताएका छन् । यहाँ केही दिनअघिदेखि नै मौसम धाम्मधुम्म भइरहेकाले धान पाकीसकेको धेरैजसो किसानले डराई–डराई धान काटेर सुकाइरहेका थिए । कतिपयले दशैँकै बेला धान काटेर भित्र्याए ।
बाँकी किसानले हिजो–अस्ती मात्रै धान काटेर खेतमै सुकाइरहेकोमा राति पानी परेर भिजाइदिएको हो । मुखमै आइसकेको बाली यसरी पानी परेर भिजेपछि किसान चिन्तित बनेका छन् । काटने बेला भएको र भर्खरै पसाउँदै गरेको धान बाली पनि पानी परेर ढालेको छ ।
पानी र हावाहुरीले धानको बोट लडेर भुइँ छोएको किसानको भनाई छ । सर्लाहीमा उत्तरी भेगका किसानले छिटो पाक्ने र दक्षिणी भेगका किसानले ढिलो पाक्ने धान लगाउने गरेका छन् । रातिको पानीले भर्खरै छरिएको तोरी, चना, मुसुरो, आलसलगायतका दलहन तथा तेलहर बाली, गोलभेँडा, आलु, कोभी जस्ता तरकारी खेती समेत बिगारेको छ ।
पानीले गर्दा अब ति बाली पुनः दोहोर्याएर छर्नुपर्ने अवस्था आएको किसानको दुःखेसो छ । अधिकांश किसानलाई दलहन तथा तेलहन बालीको बिउ पाउनै मुस्किल परेको देखिन्छ ।
स्थानीयका अनुसार गएराति जिल्लाको दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा ठूलो पानी परेको छ । लालबन्दी, ईश्वरपुर, हरिवनलगायत क्षेत्रमा जम्ने गरी पानी परेको स्थानीयले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here