काठमाडाै‌ ।। लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी रिहा भएका छन् । किर्ते मुद्दामा ३३ वर्षअघिको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गर्न खोजेपछि हिजो रुकुम पूर्व जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका केसी कारागार चलान भए पनि आजै रिहा भएका हुन् । केसी फौजदारी अपराध संहिता २०७४ को सुविधाअनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नुनपर्ने प्रावधानअनुसार एक लाख नाै हजार दुई सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतले एक वर्ष जेल सजाय र २ हजार रुपैयाँ जरिबाना तोकेको थियो । गएको चुनावमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here