राैतहट ।। बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव मंगलबार बिहान बारामा फेला परेको छ ।
प्रहरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका- २ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका- २ बकैया खोलाको बगरमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुरको बकैया गाउँपालिका- ६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
रौतहटका माझीको शव बाराको बकैया खोलाको बगरमा फेला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।