दिनेश साह।।रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौर राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्त्ताहरु संविधानको विरोधमा प्रदर्शन गरेका छन ! पूर्व घोषित कार्यक्रम अनुसार राजपाले संविधान संशोधन गर , झूठा मुदा खारिज गर , सांसद रेशम चौधरीलाइ रिहा गर जस्ता मांग राख्दै विरोध प्रदर्शन गरेका हुन !

मधेशीको छातीमा गोली प्रहार गरी हत्या गरेर बन्दुकको भरमा बल जवर्दस्ती ल्याइएको संविधान संशोधन नगरिए सम्म स्वीकार्य नहुने भन्दै राजपाले आसोज तीन गते काला दिवस मनाउने घोषणा गरेको कार्य क्रम अंतर्गत गौर लगायत जिल्लाको विभिन्न ठाउमा विरोध प्रदर्शन गरिएको हो ! गौरको मधेशी क्रांति चौकबाट निस्केका विरोध रैली नगर परिक्रमा गर्दै मुख्य चौकमा कोण सभामा परिणत भएका थिए ! कोण सभामा सम्वोधन गर्दै राजपाका महासचिव शिव पटेलले मधेशी जनताको हत्या गरेर ल्याइएको संविधान संशोधन नभए सम्म मान्य नहुने बताएका छन !

समाजवादी पार्टी प्रति लक्षित गर्दै पटेलले आन्दोलनमा कांधमा कांध मिलाएर हिडेका सहकर्मी आज संविधान स्वीकार्य गरी सदनमा सत्तासुख भोगी रहेको टिपण्णी गरे ! पटेलले भने मधेशी ,जनजाति ,दलित मुस्लिम ,आदिवासी ,अपांग ,महिला ,विपन्नवर्ग समुदायको हक़ अधिकार नया संविधानमा समावेश नगरे सम्म संविधान जारीको आसोज ३ गतेलाइ काला दिनको रुपमा मनाउने छौ !

शासक वर्गले विभेदको निति लिएर मधेशी जनतालाई अधिकारबाट बंचित गर्न खोजेको आरोप लगाउदै संविधान परिवर्तनशील दस्ताबेज रहेकोले असंतुस्ट पक्षको मांग समावेश गर्नु पर्ने धरना राखे ! विरोध कार्यक्रममा प्रदेश २ का सांसद बाबूलाल साह , शेष जम्सैद, महिला नेतृ गीता कुशवाहा ,याेगेन्द्र यादव, अाेमप्रकास साह मधेशीया, राजपा पार्टीका जिल्ला स्तरीय कार्यकर्त्ता नेताहरु सहभागी भएका थिए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here