फाेटाे :- onlinekhabar

काठमाडौं । काठमाडौंमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायकाको अधिकार विहिन बनाएको संविधानको विरोधमा व्यापक प्रर्दशन गरिएको छ । विभिन्न संघसंस्थाहरुको आयोजनामा आज असोज तीन, कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा पनि गरेका हो ।
संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले कालो टिसर्ट लगाई कालो ब्यानर बोकदै विरोध जुलुसमा प्रदर्शन गरिएको थिए ।
संविधान जलाउन खोज्दा तीन जना पक्राउ
संविधानका असहमतिका धारा जलाउने खोजेको भन्दै प्रहरीले बसन्तपुरबाट संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्लामी र सीताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here