रौतहट।। जिल्ला समन्वय समिति रौतहटको आयोजनामा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रममा, ग्रामिण विकास केन्द्र नेपाल (आर.डी.सी. नेपाल) र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल बाट संचालित कार्यक्रमहरुबाट भएका मुख्य उपलब्धिहरु, सिकाईहरु प्रस्तुत गर्नुका साथै आगामी दिनमा कार्यक्रम अझ प्रभावकारी बनाउन सुझाव संकलन गरिएको छ ।

बैठकमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका स्पोन्सरसिप फिल्ड कोर्डिनेटर बालाकृष्ण खड्काले, वर्ल्ड भिजन इन्टरनेशनलको परिचय दिदै स्पोन्सरसिप कार्यक्रमको औचित्य बारे प्रस्तुत गर्नुभएको थियो भने  ग्रामिण विकास केन्द्र नेपालका कार्यक्रम प्रबन्धक सन्तोष पहारीले सन् २०२३ अक्टोबर देखि २०२४ सेप्टेम्बरसम्म संचालित कार्यक्रमहरुको उपलब्धि प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादबको अध्यक्षता भएको बैठकमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय समिति रौतहटका उप- सभापति, माधवनारायण नगरपालिका उप-प्रमुख निर्मला देवी, नेपाल प्रहरी, अनुसन्धान, ससस्त्र प्रहरी, नेपाल आर्मीका प्रमुख तथा प्रतिनिधि,  जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख, रौतहट उद्दयोग बाणीज्य संघ प्रमुख, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रमुख तथा प्रतिनिधि र राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

वैठकमा सहभागी जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुले शिक्षाको हिसाबले अत्यन्त पिछाडी रहेको रौतहट जिल्लामा बाल संरक्षण, स्वास्थ्य, सरसफाइ, पोसण र बिपन्न परिवार र उनीहरुका बालबालिकाको समुन्नतिको लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामिण विकास केन्द्र नेपालले साँचीकै सराहनीय काम गरेको भन्दै आउदा वर्षहरुमा स्थानीय पालिका लगायत अन्य क्रियासिल संघसंस्थाहरु  सँग समन्वय र सहकार्य गर्दै जानुपर्ने पृष्ठपोसन दिनुभएको थियो ।
कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल पुर्बी फिल्ड कार्यालय, बर्दिबासका फिल्ड अपरेशन मैनेजर बिनय अमात्यले ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा गरुडा र माधवनारायण नगरपालिकाका अति बिपन्न परिवार र बालबालिकाको समृद्दी र सम्मुनत विकासमा काम गर्न सकेकोमा खुशी व्यक्त्त गर्नुभएको थियो भने ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति सभापति राम अयोध्या राय यादबले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामिण विकास केन्द्र नेपालको साझेदारितामा संचालित परियोजनाहरु प्रभावकारी रहेकोमा प्रशंसा गर्दै वर्ल्ड भिजन इन्टरनेसनल नेपाललाई बिपन्न परिवार केन्द्रित कार्यक्रमहरु अन्य पालिकामा समेत बिस्तार गर्न आग्रह गर्नुभयो ।

बैठकमा ग्रामिण विकास केन्द्र नेपालका उपाध्यक्ष ममता झा, सचिव प्रेमशन्कर यादव, कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक आशिस सिंह , कर्मचारीहरु, पत्रकारहरु तथा रुपान्तरण समूहका किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामिण विकास केन्द्र नेपालले जिल्लाको गरुडा र माधवनारायण नगरपालिकामा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना र  बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरशीप परियोजना २०२१ देखी संचालन हुदैँ आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here