काठमाडौं ।। बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दीकी फिल्म ‘शम्भाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउँदैछन् । मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर २०८१ भदौ २३ मा काठमाडौँमा हुँदैछ, जसका लागि उनीहरू २०८१ भदौ २२ गते शनिवार नेपाल आइपुग्ने छन् ।
निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शम्भाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए । त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो ।
यसपटक, नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुनेछन्,’ फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए ।
‘शम्भाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् । फिल्म नेपालमा २०८१ भदौ २८ देखि प्रदर्शन हुँदैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here