कञ्चनपुर ।। गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन्। बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए। “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ।” उनले भने । 
त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने बताए। “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ।” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ।”
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here