रौतहट ।। शिक्षा क्षेत्रमा अग्रसर रहेको रौतहट राजदेवी नगरपालिकाले एक विद्यालयमा मधेश प्रदेशमै पहिलो पटक म्याथ अर्थात गणित प्रयोगशाला (ल्याव) को स्थापना गरेका छन् ।
बुधवार एक कार्यक्रम गरि राजदेवी नगरपालिका वार्ड नं. २ हजिमिनिया स्थीत रहेको श्री रामनरेश लक्ष्मण माध्यमीक विद्यालयमा मधेश प्रदेशमै पहिलो पटक स्थापना गरिएको म्याथ अर्थात गणित प्रयोगशाला तथा विज्ञान ल्यावको नगर प्रमुख भिखारी प्रसाद यादवले विधिवत रुपमा उदघाटन गरेका हुन ।
पहिलो पटक गणित प्रयोगशाला (ल्याव) को सुरुआत भएकोले विद्यार्थी तथा शिक्षकहरुमा उत्साह देखिएको छ । म्याथ ल्याव सुनेको थिए तर आफै प्रधानाध्यापक रहेको विद्यालयमा म्याथ अर्थात गणित प्रयोगशाला (ल्याव) को स्थापना गरि विद्यार्थीहरुलाई पठन पाठन गराउन तयारीमा रहदा अत्यधिक उत्साहीत र खुशि भएको प्रधानाध्यपक संजय कुमार यादवले बताए । यसले विधालयकाे गुणस्तरीय शिक्षा का निम्ति कोसे ढुङ्गा साबित हुने प्रअ यादवले विश्वास व्यक्त गरे ।
आफ्नो चुनावी घोषणा अनुसार शिक्षामा लगानी गरिएकोले आज नगपालिका भित्रका शैक्षिक संस्थालाई अधुनिकरण गर्न सकिएको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले बताउदै, आफुले शिक्षा, स्वास्थ्य र कृषीलाई पहिलो प्राथमिकतामा राख्दै काम गरि रहेको बताए ।

मेयर यादवले, आफुले चुनावमा बाचा गरे अनुसारको काम गर्न नसकिरहेकोले दुःख व्यक्त गर्दै, हर सम्भव वाचा अनुसारको काम गर्ने प्रयास जारी रहेकोले र हाल नगरपालिका क्षेत्रको शैक्षिक संस्थामा भौतीक पूर्वाधार निर्माणको अवस्था राम्रो हुदै गएकोले विद्यार्थी प्रति अभिभावकलाई जिम्मेवार हुन आग्रह गरे ।
बुधवार विद्यालयमा भएको कार्यक्रममा नगरपालकाको लगानीमा निर्माण भएको ४ कोठे भवनको नगर प्रमुख भिखारी प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले रुपमा उदघटन गरेका थिए ।

श्री रामनरेश लक्ष्मण माध्यमीक विद्यालय राजदेवी २ हजमिनियाका गणित शिक्षक नारायण दासले म्याथ ल्याबका सामग्रीको प्रयोग गरेर देखाउनु भएको थियो । उहाँले नगरपालिकाले स्थापना गरि दिएको एकै प्रकारका सामग्रीले धेरै तरिकाले विद्यार्थीलाई गणित सिकाउन सकिने बताए । त्यस्तै विज्ञान विषयका शिक्षक मनोज कुमार सिंहले, विज्ञान प्रयोगशालाको वारेमा जानकारी गराउदै, माईक्रो स्कोपको प्रयोग वारे बताएका थिए ।

भवन उदघाट तथा गणित प्रयोगशाला, विज्ञान प्रयोगशाला (ल्याव)को उदघाटन कार्यक्रमा वार्ड नं. २ अध्यक्ष सनुप महतो, विभान्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला हुलाक कार्यलय रौतहटका हुलाक अधिकृत देवनाथ यादव, समाजसेवी पवन साह, रामवली यादव, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यार्थीहरु तथा संचकर्मीहरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here