रौतहट ।। रौतहट सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले कृषि तथा पशु सेव केन्द्रको भवन शिलान्यास गरेका छन । शिलान्यास गरिएका उक्त भवनमा माटो परिक्षण, पोखरीको पानी परिक्षण, विऊ परिक्षण, यार्ला तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद्य परिक्षण कृषि तर्फ गरिने छ । यसैगरी पशु प्रयोगशाला तर्फ गोबर परिक्षण, पशुको रगत तथा पिशाव परिक्षण, पशुको शल्यक्रिया, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिनका लागि भवनको शिलान्यास गरिएको बताइएका छन् । संघिय सरकारको बजेटबाट सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले २ करोड ३० लाख ४० हजारमा टेण्डर सकार गरेर २०८२ बैशाख मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त भवनको भुई तल्लामा दुई वटा ल्याब, कृषि र पशुको, पहिलो तल्लामा सेमिनार हल जसमा ५० जनाको क्षमता भएको तथा दोश्रो तल्लामा गेष्ट हाउस बन्ने जानकारी दिदै गौर नगरको मेयर शम्भु साहले गौरबासीको लागि सुखद खवर भएको बताए । बाहिर जान लागेको योजनालाई गौरमा ल्याइएको, यहाँका किसानहरुलाई सेवा सुविधा पुग्ने गरी कार्यलाई अघि बढाइएको बताउदै गौरका लागि मात्रै नभई जिल्लाभरीका किसानहरु आएमा उनीहरुलाई पनि सेवा एवं सुविधाहरु उपलब्ध गराउने उनले स्पष्ट पारे । गौर नगरपालिका वडा नम्वर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमा उक्त भवन निर्माण हुन लागेको हो । नगर प्रमुख साहले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्देशन दिनुभयो । सो शिलान्यास कार्यक्रममा उपमेयर सिलादेवी साह, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडाध्यक्षहरु लालबाबु जयसवाल, विनोद जयसवाल, शिवशंकर यादव, मनोज गिरी, हरिशंकर पाण्डेय लगायतका नेता एवं कर्मचारीहरुको उस्थिति रहेको थियो ।
नगर प्रमुख साहले गरे कृषि तथा पशु सेव केन्द्रको भवन शिलान्यास
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












