रौतहट ।। रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
गौर स्थित झोलुङ्गे पुलको दक्षिण पट्टी धानको खेतमा हत्या गरिएको अवस्थामा बुधवार विहान ८ बजेको समयमा महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मंगलवार राति ९ बजे खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मिटर पर धानको खेतमा आज विहान फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताएकी छिन् । महतोको शव आज विहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता गिरीले बताइन ।
मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएकोले पेटमै छुरा प्रहार गरी कसैले हत्या गरेको एसपी घिमिरेले बताएका छन् ।
घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा घटना बारे थप अनुसन्धान भइरहेको एसपी घिमिरेले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । घटना स्थल पुगेका गौर नपाको मेयर शम्भु साह र वडा अध्यक्ष शिबशंकर यादबले घटनामा समलग्नलाई यथाशिघ्र पक्राउ गरि सार्वजनिक गर्न माग गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here