एजेन्सी ।। नोबल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा बिहीबार राति सवा नौ बजे शपथ ग्रहण गरेका थिए । युनुस बाहेक सरकारमा सामेल हुने १६ मध्ये १३ जनालाई राष्ट्रपतिले सपथ खुवाए । बाँकी तीन सदस्य भने उपस्थित थिएनन् । सुप्रदीप चक्मा, विधान रञ्जन रोय र फारुक-ए-आजम राजधानी बाहिर रहेकाले उनीहरूको शपथ ग्रहणमा सहभागी हुन नसकेको ढाका ट्रिब्युनले जनाएको छ ।
अन्तरिम सरकारमा राजनीतिक दलबाट कसैलाई पनि सहभागी गराइएको छैन । महिला अधिकारकर्मी, प्राध्यापक, अवकाश प्राप्त सैन्य अधिकारी, कानून व्यवसायी लगायत अन्तरिम सरकारमा सहभागी छन् ।
सपथ लिनेहरूमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका नेतृत्वकर्तामध्ये दुई नाहिद इस्लाम र आसिफ महमूद पनि थिए । समाचारमा बताइए अनुसार शपथ ग्रहण समारोहमा करिब ४०० जना सहभागी थिए । समारोहमा बेलायत, जापान, चीन, फिलिपिन्स, इरान, अर्जेन्टिना, कतार, नेदरल्याण्ड र युएईका कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो । अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेसँगै मोहम्मद युनुस तत्कालका लागि जमुनास्थित राज्यको गेष्ट हाउसमा बस्नेछन् । हसिनाले देश छोडेपछि प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास गणभवनमा तोडफोड र लुटपाट मच्चाएकाले त्यहाँ बस्नसक्ने अवस्था छैन । त्यसकारण युनुसलाई तत्कालका लागि गेष्ट हाउसमा राख्न लागिएको हो ।
आरक्षणविरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि हसिना भागेर अगस्ट ५ मा दिल्ली पुगेकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here