सर्लाही ।। सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिवार बिहान एक युवक मृत फेला परेका थियो । स्थानीय श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह घर नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने खाली घरमा मृत फेला परेका थिए । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाए ।
घटना गम्भीर प्रकृतिको रहेको भन्दै मृतक युवकका परिवारको आग्रहमा प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको थियो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक(डिएसपी) गौतम थापाले घटनाको विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकी युवती मृतक युवकको प्रेमिका रहेको बुझिएको छ । डिएसपी गौतमले नियन्त्रणमा रहेकी युवतीसँग सोधपुछसँगै अन्य कोणबाट समेत घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here