ढाका ।। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ । ‘कट्टर शत्रु’ शेख हसिना प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि जिया रिहा भएकी हुन् । प्रदर्शनकारीहरूले घरमा आक्रमण गरेपछि ७६ वर्षीया हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश नै छाडेर भागेकी छिन् ।
दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । ७८ वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोप लगाइएको थियो । त्यसपछि उनलाई १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।
हसिनाले पद छोडेपछि सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।
जिया प्रमुख विपक्षी बङ्गलादेश नेसनल पार्टी (बीएनपी)की अध्यक्ष हुन् । पार्टी प्रवक्ता एकेएम वहिदुज्जमानले मङ्गलवार भने, ‘अब उहाँ रिहा हुनुभएको छ ।’ जियाको स्वास्थ्य अवस्था खराब छ । गठिया रोग, मधुमेह र कलेजो सिरोसिसकी बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here