काठमाडौं ।। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।
शेख हसिना उडेको हेलिकप्टरमा उनकी बहिनी शेख रेहना पनि साथमा रहेकी बीबीसीले जनाएको छ । बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए ।
उनीहरु सरकारी सेवामा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय जनाको मृत्यु भइसकेको छ । हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडेलगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्। ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं। हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्,’ उनले भनेका छन्।
राजीनामा दिएर भागिन् प्रधानमन्त्री शेख हसिना, शासनसत्ता सेनाको हातमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।