रौतहट ।। जिल्ला हुलाक कार्यालय रौतहटबाट एकै पटकमा ३७ जना कर्मचारी अवकास भएका छन । जिल्ला हुलाक कार्यालय रौतहटले आज बिहिवार एक कार्यक्रम बिच ३७ जना अतिरिक्त हुलाक कार्यलयका कर्मचारीलाइ सम्मान सहित बिदाई गरेको छ ।
अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुको उमेरको हद नभएकोले ७७ वर्षको मान्छे पनि कर्मचारी भइ काम गर्दै आइरहेकोमा नयाँ नियमावलीमा उमेर हद ५८ वर्ष तोकिएकोले एकै पटक ३७ जना कर्मचारी अनिवार्य अवकाश भएका हुलाक अधिकृत देवनाथ यादव जानकारी दिए। उनीहरुको अवकाशसंगै उक्त पद संवत् खारेज भइ जाने ब्यवस्था समेत नियमावली मा गरिएको समेत अधिकृत यादवले बताए ।
कार्यक्रममा जिल्ला हुलाक अधिकृत देवनाथ यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । अबकाश भएका सम्पुर्ण कर्मचारीहरु प्रमुख अतिथिद्वारा टीका लगाइ, गमछा ओढाइ , सम्मान पत्र प्रदान गरिएको छ ।