रौतहट ।। रौतहटको प्रत्येक पलिकामा हुलाक कार्यालयको स्थापना गर्न शुरु गरिएको छ । एक पालिका एक हुलाक स्थापना कार्यक्रम अन्तर्गत रौतहट जिल्लामा ७ वटा स्थानिय तहमा नरहेको अवस्थामा सोमबार एक कार्यक्रम गरि गुजरा नगरपालिकामा हुलाक कार्यालयको स्थापना गरिएको जिल्ला हुलाक कार्यलय रौतहटका कार्यालय प्रमुख देवनाथ यादवले बताउनु भयो । गुजारा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले उदघाटन गरेक थिए । कार्यक्रम पालिकाका उप प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , जिल्ला हुलाक अधिकृत लगायत अन्य जनप्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

एक पालिका एक हुलाक कार्यालय कार्यक्रम अन्तरगत रौतहटको प्रत्येक पालिकामा स्थापना गर्नु पर्ने भएकोले हामी गुजारा नगरपालिकाबाट सुरुआत गरेका छौ, अब बाकी रहेका ,राजदेवी , इशनाथ , बौद्धिमाइ, देवाही गोनाही, बृन्दावन र परोहा नगरपालिकामा क्रमशः स्थापन गर्दै जाने रौतहट जिल्ला हुलाक अधिकृत देवानाथ यादवले बताए ।

हुलाक कार्यालय स्थापन संगै जनतालाई चिट्ठी पत्र लगायत अन्य हुलाक सम्बन्धि कार्यमा सहजता हुने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here