काठमाडौं ।। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनसहित शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् ।
झन्डै आधा घण्टा सभालाई सम्बोधन गरेका उनले भने, “विश्वासको मत पाउँ भन्ने प्रस्तावसहित त आएको हुँ । तर, यसो हेर्दा मत पाइन्छ जस्तो देखिँदैन । त्यसैले अरु नेताहरूले भन्नुभएझैँ मार्गप्रशस्त गर्दछु ।”
केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सत्ता समीकरण बनाएसँगै अल्पमतमा परेका मुख्यमन्त्री सोडारीको पक्षमा १४ मात्रै सांसद थिए । जबकि उनी नेतृत्वको सरकारले निरन्तरता पाउनका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्थ्यो ।
सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here