राैतहट ।। पेसागत महासंघमा सवै क्षेत्रका आवद्धता आवश्यक रहेकाे पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमल खनाल बताउनु भएकाे छ । राैतहटकाे सदमुकाम गाैरकाे बालमन्दीरकाे सभा हलमा आयाेजित पेसागत महासंघ नेपालको २९ औं स्थापना दिवसको कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष खनालले, पेसागत हकहित संरक्षणकाे लागि सवै क्षेत्रका पेसागत संग संगठनले मिलि बलियाे बनाउन आग्रह गरे ।

त्यस्तै गाैर नगरपालिकाका नगरप्रमुख एवम् नेकपा एसका पाेलीट व्यूराे सदस्य शम्भु साह, पेसागत महासंघ नेपाल कर्मचारीहरूकाे हकहितकाे लागि लडने संगठन भएकाेले यसमा सवैकाे आवद्धता आवश्यक रहेकाे बताए ।

पेसागत महासंघ नेपाल रौतहट जिल्ला समितिको आयोजनामा आयोजित २९ औं स्थापना दिवस तथा जिल्ला पिरषद् कार्यक्रम जिल्ला अध्यक्ष रामधार सिंहको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा नेकपा एसका विभिन्न पेसागत संगठनहरू प्रमुखहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पेगागत रहेकाे शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिकर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन गाैरीशंकर प्रसादले गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here