काठमाडाैं ।। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललितुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा तेक्वान्दै धेरै नै लोकप्रिय बनिरहेको बताए। उनले तेक्वान्दोलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए।
उनले तेक्वान्दो छोरीहरुलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरु कम हुने बताए। उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताए। उनले जिल्ला, पालिकाहरुमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ। नेपालमा लोकप्रिय हुँदै गइरहेको छ। यसलाई हामीले अझै बिस्तार गर्नुपर्छ । आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै यसलाई बिस्तार गर्नुपर्छ।’ उनले थपे, ‘समाजमा अझै पनि विकृतिहरु छन्। महिला हिंसाका घटनाहरु भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरुमा खास गरी महिलालाई, छोरीहरुलाई तेक्वान्दोको तालिम दिनुस्। त्यसले आत्मविश्वास बढ्छ। प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’ अध्यक्ष नेपालले खेलले सामुहिकताको भावना बढाउने बताए। उनले खेलबाट अनशासित हुन, मेहनती हुन प्रेरित हुने बताए। उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here