रौतहट ।। बज्जिका भाषामा रचित नेपालकाे पहिलो बुद्ध महाकाब्यलाई लोकार्पण गर्न पाउदा निकै खुशी लागेको गाैर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बताउनु भएकाे छ । बज्जिका भाषाको बुद्ध महाकाब्य लाेकार्पण गर्दै मेयर साहले, भाषा एक अर्का संग सजिलै बुझ्ने एवं बोलिने भाषा हो, यो भाषा खास गरेर रौतहट वारा, सर्लाही र सीमापारी भारतको विहारको दक्षिणी भेग सम्म बोलिने प्रमुख भाषा बज्जिका रहेको चर्चा गर्दै बज्जिका भाषाको उत्थान एवं दिगोपनाको लागि आफूबाट हुने सक्दो सहयोग गर्ने नगरप्रमुख साहले प्रतिबद्धता जनाएका छन ।

बुद्ध पूर्णीमाको अवसरमा सञ्जय साह मित्रद्धारा लिखित बज्जिका भाषाको बुद्ध महाकाब्य लाई एक समारोहका बिच लोकार्पण गरिएकाे छ । रौतहट सदरमुकाम गौर स्थित नगरपालिकाको सभाकक्षमा आकृति क्रियसन हेटौडा मकवानपुरको अयोजना र बज्जिका साहित्य संगम, गरुडा ४ रौतहटको व्यवस्थापनमा विहिवार मित्रद्धारा लिखित बज्जिका भाषाको पहिलो बुद्ध महाकाब्यलाई गौर नगरप्रमुख शम्भु साहले लोकार्पण गरेका हुन् ।


भगवान बुद्ध प्रति समर्पित भएर महाकाब्य लेख्नु भएका सञ्जय साह मित्रले यस्तो काब्य रचना गर्ने कल्पना समेत गरेको थिएन तर आफनो धर्म संस्कृतिलाई बज्जिका भाषामा लेखन गर्न सोचका साथ लागेर आज बुद्ध पूर्णीमाको अवसरमा लोकार्पण गराउन पाएकोमा खुशी व्यक्त गरे । तपाईहरुको साथ र सहयोग रहेमा अन्य कृति एवं महाकाव्य बज्जिका भाषामा लेख्ने प्रतिबद्धता जनाए ।

राम अविकासको सभापतित्वमा सम्पन्न भएको लोकार्पण समारोहमा विशिष्ट अतिथि पूर्व सिडिओ कमलेश्वर सिन्हा, शिवचन्द्र साह, विन्दा साहनी, रामचन्द्र कुशवाहा, शैलिया देवी ठाकुर, रेणु गुप्ता, मसान उपासक, अरुणकुमार यादव, कृष्ण प्रसाद जयसवाल, हरिवहादुर जिसी, धनदेव जोशी, राजेन्द्र ठाकुर, संजय सुदामा, चन्द्रशेखर प्रसाद रस्तोगी, संचारकर्मी प्रभातकुमार झा सहितका वक्ताहरुले आ आफना साहित्य, कविता प्रस्तुत गदै बज्जिका भाषाको बुद्ध महाकाव्यको रचैता संजय साह मित्रलाई मुरीमुरी धन्यवाद दिएका थिए । सो लोकार्पण कार्यक्रममा रौतहट, सर्लाही, वारा, पर्साका बज्जिका भाषाका साहित्यकार, गितकार, गजलकारहरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here