काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने दाबी गरे। उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए । रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिकरूपमा सबल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको जोड थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।