प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सोमबार फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘मधेसी जनताले संविधान दिवस मनाउने अवस्था आएको छैन।’ प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउन मुख्यमन्त्रीको नेतृत्वमा छलफल गरेपछि सत्ता साझेदार दल मात्र नभई सत्ता नेतृत्वकर्ता दलकै मन्त्री विपक्षमा उभिएपछि सरकार पछि हटेको छ। अन्ततः प्रदेश सरकारले संविधान दिवस नमाउने भएको छ।मन्त्री साहले नागरिकसँग भने, ‘संविधान दिवसका कुनै पनि औपचारिक कार्यक्रममा म सहभागी हुँदिन,’ उनले थपे, ‘म संविधान दिवस मनाउँदिन।’ जनता पार्टी प्रदेश २ का अध्यक्षसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पार्टीले संविधान दिवसमा विरोध र समर्थनमा कुनै कार्यक्रम नगर्ने बताए। समाजवादी पार्टीले संविधान दिवसको दिन कुनै पनि कार्यक्रममा सहभागी नहुने भएको छ। असोज ३ गते संविधान दिवसको दिन खुसीयालीको रूपमा दिपावली वा विरोधको रूपमा कालो दिवस दुवै नमनाउने पार्टीको निर्णय रहेको यादवले बताए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here