कश्मीरका दिग्गज सांसद एवं पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाह पक्राउ परेको विषयले भारतमा चर्को बहस निम्त्याएको छ ।विवादास्पद एउटा कानुनका आधारमा पूर्वमुख्यमन्त्री अब्दुल्लाह पक्राउ परेको भन्दै भारतभर आक्रोश पैदा भएको बिबिसीले उल्लेख गरेको छ । हाल अब्दुल्लाहलाई सार्वजनिक सुरक्षा ऐन (पिएसए)अन्तर्गत पक्राउ परेका हुन् । पिएसए कानुनअन्तर्गत कोही पनि व्यक्तिलाई औपचारिक मुद्दाबिना नै दुई वर्षसम्म थुनामा राख्न मिल्ने प्रावधान रहेको छ । यसअघि उनीसहित अन्य नेतालाई घरमै नजरबन्दमा राखिएको थियो । भारतको संविधानले कश्मीरलाई प्रदान गर्दै आएको विशेषाधिकार हटाउने सरकारी निर्णयपूर्व पूर्वमन्त्री अब्दुल्लाहसहित ती नेतालाई घरमै नजरबन्दमा राखिएको थियो । पूर्वमुख्यमन्त्री समेत रहेका अब्दुल्लाहलाई बिना कुनै कारण पक्राउ गरिएको भन्दै भारतभर सरकारको आलोचना भएको बिबिसीले उल्लेख गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here