शुक्रबारबाट नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयार पूरा भएको छ। दक्षिण एसियाका सात देशले सहभागिता जनाउने यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। दक्षिण एसियाली फुटबल महासंघ(साफ)को कार्यक्रमअनुुसार आयोजना गर्न लागिएको प्रतियोगितामा आयोजक नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानले सहभागिता जनाउँदै छन् भने पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागिता जनाएको छैन। साफले यसअघि नै ६ देशले सहभागिता जनाउने प्रतियोगिताका लागि तालिका सार्वजनिक गरिसकेको छ। तालिकाअनुसार आयोजक नेपालले समूह ए मा माल्दिभ्सलाई आतिथ्य गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।त्यसका लागि नेपालले मंगलबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ सदस्यीय खेलाडीबाट घटाएर मंगलबार २३ सदस्यीय टोलीको नाम टुङ्गो लगाएका हुन्। आयोजक नेपाल समूह ‘ए’ मा रहेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।