काठमाडौ , असोज १ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सहितको टोली अाज बुधबार अमेरिका जाँदै ।
संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुन अमेरिका जान लागेको स्वास्थयमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन् ।
अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २२—२३ मा हुने उच्चस्तरीय बैठकमा सहभागि हुन मन्त्री यादवसहित तीन सदसीय टोली अमेरिका जाने भएका हुन् ।
मन्त्री यादव आज बुधबार राति ९ः३० बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने र १३ दिन अमेरिका रहने कार्यक्रम रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।