मोरङ ।। मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक किशाेरीकाे हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार नगरपालिका ७ स्थित विनोद राईको सुम्निमा होटलमा रहँदै आएकी १५ वर्षीया ज्ञानमति राईकाे धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
घटना सोमबार राति करिब साढे १० बजेतिर घटेकाे प्रहरीले जनाएकाे छ। प्रवक्ता दाहालका अनुसार बालिकाको घाटीमा पछाडिबाट हतियार प्रहार भएको छ । त्यसैगरी, बालिकाको अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार मृतक बालिकाको घर खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्लेमा रहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले मृतक राई उनकै मामाको छोरा विनोद राईसँग विगत २ वर्षदेखि बस्दै आएकी थिइन् । मृतक राई स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ की विद्यार्थी हुन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।