काठमाडौँ ।। नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भयो। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको चुनौती सामना गर्न नेदरल्याण्ड्सले पुरै ओभर पनि खेल्नु परेन। उसले ३७.५ ओभरमा दुई विकेट गुमाएरै लक्ष्य पुरा गर्यो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले अविजित ५८ रन बनाएका थिए। एन्जेलब्रेटले ७५ बलमा तीन चौकासहित ४६ रन जोडेका थिए। आइतबारको नतिजासँगै घरेलु मैदानमा शृङ्खलाका चार खेलमध्ये नेपालले तीन खेल हारिसकेको छ । टस हारेर ब्याटिङ पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। नेपालबाट ओपनर कुशल भुर्तेलले ६६ रन बनाएका थिए । करण केसीले २६ , रोहित पौडेल १६ , आरिफ शेखले २२ र आसिफ शेखले १७ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन पनि बनाउन सकेनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here