काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिँदा राम्रो हुने प्रतिक्रिया दिएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिँदा राम्रो हुने बताएका हुन् । एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएको छ । अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे । समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि? भन्ने संचारकर्मीको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here