राकेश यादव ।। राैतहट ।। रौतहट प्रहरीले लागु औषध गाजा सहित एक जनालाइ पक्राउ गरेको छ ! जिल्लाको गुजरा नगरपालिका वड़ा नम्बर ४ स्थित लाल बकैया खोला नजिकबाट प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो !
जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी हरिनगरबाट खटि गएको गस्ती टोली चेकजांच गर्ने क्रममा जिल्ला बारां करैयामाई गाउँपालिका वड़ा नम्बर १ हरैया टोल निवासी ३५ बर्षीय हबीब अंसारीलाइ लागू औषध ४ किलो गाजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जनाएको छ !
अंसारीले बोकेको व्याग शंका लागेर प्रहरीको टोलीले चेकजाच गर्दा ब्याग भित्र ४ किलो गाजा फेला परेपछि नियन्त्रणमाँ लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरमा राखेर थप अनुसन्धानको कार्य अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ !
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।