काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको छानबिन गर्दा आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुलाई सरकार हट्ला की भन्ने डर नभएको र आफ्नो ध्यान केन्द्रीत सुशासन कायम गर्नेमा केन्द्रित रहेको बताए । उनले आफुलाई कुर्सीको मोह भएको भए भ्रष्टाचारसम्बन्धी प्रकरणको छानबिन नै सुरु नहुने स्पष्ट पारे । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासलगायतका प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान गरेको उनले बताए । उनले भारतीय दूतावासलाई २० करोडसम्मको आयोजनामा सोझै लगानी गर्ने विषयमा यस सम्बन्धी आयोजना प्रदेश र स्थानीय तहबाट प्राप्त आयोजना मागको आधारमा सम्बन्धित मन्त्रालयले सिफारिस र प्राथमिकीकरण गरेर मात्र भारत सरकारमा पठाइने जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताए । राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने उनले उल्लेख गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here