रौतहट।। रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ । सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा कर्फ्यू लगाएको थियो । ती दुई वडाबाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नं. २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको छ । ‘जिल्लाका सुरक्षा अधिकारीहरु घटनास्थलमै हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अप्रिय घटना तथा जनधनको क्षति हुन नदिन कर्फ्यूको दायरालाई बढाइएको छ ।’ अर्को आदेश नहुन्जेलसम्मका लागि उक्त क्षेत्रमा कर्फ्यू जारी रहने उनले बताए । मूर्ति सेलाउने बिषयमा झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here