रौतहट ।। नेकपा एमाले रौतहटको १०औँ अधिवेशन आज सुरु भएकाे छ । अधिवेशनको केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एमालेको १० औं जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । भोलि शुक्रवार सम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् । अध्यक्षका लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।