रौतहट।। रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।
नेकपा एमालेको रौतहटको १० औ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्। उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो ।
गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औ जिल्ला अधिवेशन हुँदै छ।अधिवेसनमा ओली संगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियाे । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ताले आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई गद्दारको संज्ञा दिएका थिए ।
भोलिसम्म चल्ने अधिवेशनले रौतहटमा नया जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागी चारजनाको नाम चर्चामा रहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here