धनुषा ।। धनुषामा नहरमा एक पुरुषको शव फेला परेको छ। शहीदनगर नगरपालिका–७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुर मृत फेला परेको प्रहरीले जनाएको छ। ‘घरमा पारिवारिक विवाद भएपछि बुधबार दिउँसो उनी निस्केका थिए। साँझ सात बजेतिर छोराले फोन गर्दा फोन लागेन अनि खोजी सुरू गरिएको थियो। बिहान शौच गर्न गएका मान्छेले शव देखेर गाउँमा खबर गरेका थिए,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने । उनको शरीरमा कुनै घाउचोट समेत नदिएको प्रहरीले जनाएको छ । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here