फोटो : एएनआई

काठमाडाैं ।। पाकिस्तानमा कडा सुरक्षाकाबीच बिहीबार बिहानैदेखि मतदान जारी छ । बिहान साढे ८ बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजेसम्म चल्नेछ । यो निर्वाचनको नतिजा फेब्रुअरी ९ अर्थात् भोलि (शुक्रबार) आइसक्नेछ । निर्वाचन सुरु भएदेखि नै पाकिस्तानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । योसँगै विपक्षी पार्टी पाकिस्तान तेहरिक ए इन्साफले वर्तमान सरकार तानाशाही भएको प्रतिक्रिया दिएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले आम मानिसका लागि इन्टरनेट र फोन सेवा खुला हुनुपर्ने माग गरेको छ । तर, गृह मन्त्रालयले भने आतंकवादी घटना रोक्न इन्टरनेट र फोन सेवा बन्द गरिएको बताएको छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पाकिस्तानमा विस्फोटनको घटनामा २८ जनाले ज्यान गुमाएका थिए । राष्ट्रियसभाको ३३६ सिटका लागि मतदान भइरहेको हो । सरकार बनाउन १६९ सिट जिते पुग्छ । दुई वर्षअघि अविश्वासको प्रस्ताव पारित भएपछि पूर्वप्रधानमन्त्री इमरान खानको सरकार ढलेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here