सिरहा ।। सिरहाकाे मिर्चैयामा स्थानीयले प्रदर्शन गरेका छन् । मिर्चैयास्थित कटारी चोकमा स्थानीयले लोकमार्गमै टायर बालेर प्रदर्शन गरेका हुन् ‌। पूर्व-पश्चिम लोकमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रदर्शन गर्दै उनीहरु लोकमार्ग अबरुद्ध पारेका छन् । लोकमार्ग अबरुद्ध बनेपछि सयौं सवारी साधन अलपत्र परेको छ ‌। सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ । तर निर्माण सुस्त गतिमा चल्दैछ । अधिकांश भागको कालोपत्रे भत्काएको र पानीसमेत छर्कन आनाकानी गर्दा धुलोले सो क्षेत्रका बासिन्दा समस्या झेल्न बाध्य छन् । धुलो उड्न नदिन पानी छर्किन पटक पटक निर्माण कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानीयको आरोप छ । सडक निर्माणमा ढिलासुस्ती गर्दा सवारी साधन समेत दुर्घटनाको जोखिम छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here