काठमाडौं ।। यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।
देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो । जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो ।
सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here